You are viewing the translated version of शर्त तथा मापदण्ड बनाउने.
Section 34
शर्त तथा मापदण्ड बनाउने
(१) यस ऐनको अधीनमा रही नियमनकारी निकायले रेडियोधर्मी पदार्थको सुरक्षित ढुवानीको लागि पालना गर्नु पर्ने शर्त तथा मापदण्ड बनाई लागू गर्नेछ।
(२) उपदफा (१) बमोजिमको शर्त र मापदण्डमा रेडियोधर्मी पदार्थको किसिम, परिमाण र क्रियाकलापको तह अनुसार हुन सक्ने जोखिम वा हानिलाई आधार लिई त्यस्तो रेडियोधर्मी पदार्थको भौतिक संरक्षणको लागि अपनाउनु पर्ने उपाय समेत तोक्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम शर्त र मापदण्ड निर्धारण गर्दा रेडियोधर्मी पदार्थ ढुवानीका सम्बन्धमा एजेन्सीले निर्धारण गरेका तथा अन्तर्राष्ट्रियस्तरमा विकास र पालना भएका प्राविधिक मापदण्डलाई समेत आधार मान्नु पर्नेछ।